बैंकिङ्ग समाचार,काठमाडौं ।
बीमाबाट पाउने औषधि १ महिनाको लागि मात्रै दिन स्वास्थ्य बीमा बोर्डले आग्रह गरेको छ । केही अस्पतालहरुबाट एकैपटक तीन महिनाको लागि औषधि दिने गरिएको कारण वोर्डको भुत्तानि प्रक्रियामा वाधा परेकोले बीमामा आवद्व विरामिहरुलाई एक महिनाका लागि मात्रै पुग्ने गरी औषधि दिन स्वास्थ्य बीमा बोर्डले अनुरोध गरेको छ ।
चिकित्सकको सल्लाह वमोजिम लामो समय वितरण गर्नुपर्ने अवस्थामा विरामिलाई बढिमा एक महिनाकालागि मात्रै वितरण गरिदिन अनुरोध छ वोर्डद्वारा जारी परिपत्रमा उल्लेख गरिएको छ।
केही दिनअघि चितवनस्थित भरतपुर अस्पतालले स्वास्थ्य बिमामा आवद्ध बिरामीहरूलाई एकै पटक तीन महिनासम्मको लागि औषधि (आवश्यक पर्ने बिरामीको लागि) दिने निर्णय गरेको थियो । बीमाका बिरामीको भीड कम गर्न र उनीहरूको सुविधाका लागि यो निर्णय गरिएको अस्पतालको भनाइ छ ।





About Us
प्रतिक्रिया