स्रोत नखुलेको २० लाख ७८ हजार नगदसहित दुई जना पक्राउ


काठमाडौं – सप्तरीको सप्तकोशी नगरपालिका– ४ तुलसी चोकबाट स्रोत नखुलेको नगद २० लाख ७८ हजार रुपैयाँ सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनकुटा सहिदभूमी गाउँपालिका–३ बस्ने २१ वर्षीय जिवन लम्जेल र सोही गाउँपालिका–१ बस्ने २८ वर्षीय आएन राई रहेका छन् । 

प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को.३३ प १८९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नगदसहित पक्राउ गरेको हो । यस विषयमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।