काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–६ घर भएका ४६ वर्षीय सन्दीप मगर भन्ने बम बहादुर मगर, काठमाडौं महानगरपालिका –७ बस्ने ४८ वर्षीय गीता माया मगर, रौतहटको देवाही गोनाही नगरपालिका–५ घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका– ५बस्ने ४५ वर्षीय विन्देश्वर राय यादव रहेका छन् ।
पक्राउ पर्नेमा मगर रोमानिया पठाइदिन्छु भन्दै ठगी गरेका थिए भने गीता माया मगरले ४ जनालाई वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु २० लाख २४ हजार, यादवले मौरिसस पठाइदिन्छु भन्दै १ जनालाई ३ लाख ६० हजार ठगी गरेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि सम्बन्धित कार्यालयमा पठाइएको पहरीले जनाएको छ ।



About Us
प्रतिक्रिया