विराटनगर – पूर्वका उद्योगी व्यवसायीहरूले निजी क्षेत्रको आवश्यकता सम्बोधन गरिदिन नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग आग्रह गरेका छन् । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र उद्योग संगठन मोरङका अध्यक्ष नन्द किशोर राठीसहितका उद्योगी व्यवसायीको टोलीले विराटनगर आइपुगेका गभर्नर डा. पौडेललाई भेटेर आफ्ना समस्या सुनाएका हुन् ।
वर्तमान आर्थिक अवस्थालाई ध्यान दिएर निजी क्षेत्रको आवश्यकता सम्बोधन गर्ने वातावरण बनाइदिन उनीहरूले आग्रह गरेका हुन् । नीतिगत व्यवस्था गरेर निजी क्षेत्रको माग सम्बोधन गर्न आवश्यक रहेको उद्योगी व्यवसायीहरू बताए । गभर्नर पौडेल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरद्वारा आयोजित कार्यक्रममा बिहीबार विराटनगर आएका थिए । सोही क्रममा दुई औद्योगिक संघसंस्थाले अलग–अलग भेटेर निजी क्षेत्रका समस्या बारे सुझाव पत्र बुझाएका थिए । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुमप राठीले निरन्तर दुई वर्ष घाटामा देखिएका उद्योग–व्यवसायको ऋण तथा ब्याजदरमा सहजता प्रदान गरिदिन र ऋणको प्रोजिभनमा ‘क्यास लस’ लाई प्राथमिकता दिन गभर्नर पौडेललाई आग्रह गरे।

‘बुक लस भन्दा क्यास लसलाई आधार मान्नु पर्यो, डेब्ट–इक्वीटी अनुपात मिलेका उद्योग प्रतिष्ठानको ऋणलाई खराब कर्जामा वर्गीकरण हुने प्रक्रिया हटाउनु पर्यो’ उनले भने, ‘औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानलाई कारोबारको प्रवृत्तिअनुसार ६० प्रतिशतसम्म चालु पुँजी कर्जा सहज रूपमा उपलब्ध गराउन आग्रह गर्दछौँ ।’
वर्तमान आर्थिक अवस्थालाई ध्यान दिएर निजी क्षेत्रको आवश्यकता सम्बोधन गर्ने वातावरण बनाइदिन उनीहरूले आग्रह गरेका हुन् ।
राठीले नेपाली निर्यातकर्तालाई प्रतिस्पर्धी बनाउन विदेशी मुद्राको विनिमय दरमा ३ देखि ५ प्रतिशत थप लाभ दिने, बैंकिङ्ग कारोबारमा बाधा हटाउनलाई बैंकको वार्षिक बिदा अधिकतम १३ दिनमा सीमित गर्न समेत आग्रह गरे । सूचना प्रविधि क्षेत्रमा नेपाली उपभोक्ताले पेपल, स्क्रिल जस्ता अन्तर्राष्ट्रिय पेपेन्ट प्लेटफर्म प्रयोग गर्न सक्ने व्यवस्था मिलाउन, सहकारी संस्थाको वित्तीय कारोबारको अनुगमन, नियमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउन पनि उद्योगी व्यवसायीहरूले आग्रह गरे ।
उद्योग संगठनका अध्यक्ष नन्द किशोर राठीले अहिले अर्थतन्त्रको अवस्था देखाउने समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक रहे पनि बजार खासै चलायमान हुन नसकेको बताए । बैंक तथा वित्तीय संस्थामा सस्तो ब्याजदरमा कर्जा उपलब्ध भए तापनि उद्योगहरू व्यवसाय विस्तार गर्न नसकिरहेको बताए ।त्यसको मुख्य कारण बजारमा उत्पादन बिक्री नहुने अवस्था बढेको भन्दै गभर्नर पौडेलको ध्यानाकर्षण गराए ।
उद्योगी व्यवसायीहरूको सुझाव पत्र बुझ्दै गभर्नर पौडेलले समयसापेक्ष मागको सम्बोधन गर्न सकिने बताए ।
‘बजारमा गएको पैसा फिर्ता भइरहेको छैन, अहिलेको बजार संकुचनले उद्योगीले बैंकको ब्याज तिर्न समेतमा कठिनाइ भइरहेको छ’ उनले भने, ‘मौद्रिक नीतिले बजारलाई तत्काल चलायमान बनाउने उद्देश्यका साथ रियल स्टेट र शेयर कर्जामा अपनाएको लचिलोपनाले केही हदसम्म समग्र अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा लिएका छौँ, तर बजार संकुचन भई कर्जाको ब्याज नै तिन नसक्ने अहिलेको अवस्था छ, व्यापार चक्र नै खस्किएको छ ।’उद्योगधन्दाहरू पूर्ण क्षमतामा चल्न नसकेका कारण समग्र व्यापार व्यवसाय संकुचित भएकोले ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको उनले बताए ।

घरेलु तथा साना उद्योग, कुटिर उद्योग, स्टार्टअपहरूका साथै नयाँ क्षेत्रमा लगानी गर्न इच्छुक लगानीकर्ता व्यवसाय विकासका लागि आधारभूत सेवाहरूबाट वञ्चित हुने गरेको संगठनका प्रतिनिधिहरूले बताए । प्राईभेट इक्वीटी भेन्चर क्यापिटल पिइभिसिमा लगानी गर्ने बाटो खुला गर्न सकिए लगानीले प्राथमिक पुँजी निर्माण गर्ने र ऋणमा व्यवसाय गरिरहेका उद्यमीहरूका लागि सहज र आकर्षण बढेर व्यवसाय विस्तारमा सहयोग पुग्ने बताए । तर, राष्ट्र बैंकको वर्तमान नीतिले भने पिइभिसीले गर्ने लगानीलाई संकुचित पारेको उनहरूले गुनासो गरे ।
उद्योगधन्दाहरू पूर्ण क्षमतामा चल्न नसकेका कारण समग्र व्यापार व्यवसाय संकुचित भएकोले ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको उनले बताए ।
उद्योगी व्यवसायीहरूको सुझाव पत्र बुझ्दै गभर्नर पौडेलले समयसापेक्ष मागको सम्बोधन गर्न सकिने बताए । उनले उद्योगहरूले उठाएका कतिपय विषयलाई सम्बोधन समेत गरिसकेको गभर्नर पौडेलले बताए । राष्ट्र बैंकले निजी क्षेत्रसँग सहकार्य गर्दै आर्थिक वृद्धि र वित्तीय स्थिरताका लागि आवश्यक कदम चाल्ने बताए ।






About Us
प्रतिक्रिया