सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र ३ को बुक क्लोज मिति तय 


काठमाडौं –  सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ।  

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडले यी दुई योजनाका लागि इकाईधनीहरुलाई घोषणा गर्ने प्रतिफल वितरणका लागि आगामी भदौ ६ गते  बुक क्लोज गर्ने निर्णय गरेको हो।  

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले इकाईधनीहरुलाई गत आर्थिक वर्षका लागि २० प्रतिशत (करसहित) र  सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले  १७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।