बैंकिङ्ग कसुर मुद्दामा १ करोड ७५ लाख बिगो भएका एक जना पक्राउ 


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा १ करोड ७५ लाख बिगो भएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उप–महानगरपालिका– १२ घर भई हाल काठमाडौं महानगरपालिका– ५ हाँडीगाउँ बस्ने ६५ वर्षीय गोकुल श्रेष्ठ रहेका छन् । 

पर्सा जिल्ला अदालतबाट २०८२।०३।१८ गते पक्राउ अनुमति प्राप्त भएका श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौंको काठमाडौं महानगरपालिका– १४ बल्खुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको जिल्ला प्रहरी कार्यालय विरगञ्ज, पर्सा पठाइएको प्रहरीले  जानकारी दिएकाे छ ।