काठमाडौं – दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गतेदेखि साउन १९ गतेसम्म सर्वसाधारणका लागि निष्काशन खुला गरेको आईपीओ आज (साउन २९) बाँडफाँट भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालय नयाँ बानेश्वरमा बाँडफाँट गरिएको हो ।
कम्पनीको आईपीओमा २ लाख ४२ हजार ३१८ जनाले १०–१० कित्ताका दरले शेयर हात पारेका छन् भने सोही मध्येका ५ जनाले भने थप १ कित्ता गरी ११ कित्ता शेयर हात पारेका छन्। कम्पनीले ३९ लाख ५० हजार कित्ता आईपीओ सार्वजनिक निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारी गएका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै, सर्वसाधारणसमा निष्काशन हुने २९ लाख १९ हजार ५०० कित्ता शेयरमध्ये कम्पनीका कर्मचारीलाई ५८ हजार ३९० र सामूहिक लगानी कोषलाई १ लाख ४५ हजार ९७५ कित्ता सुरक्षित गरी बाँकी रहेको २४ लाख २३ हजार १८५ कित्ता शेयर आमसर्वसाधारणका लागि खुला गरिएको थियो ।



About Us
प्रतिक्रिया