निरन्तर ओरालो यात्रामा शेयर बजार, नेप्से ५.२८ अंकले घट्दा कारोबार रकम ६ अर्ब

‘बैंकिङ्ग समूहमा १०.१९ अंकको गिरावट’


काठमाडौं – साताको चौंथो कारोबारको  दिन शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव २८ अंकले घटेर बजार २७ सय ९० दशमलव ९५ को विन्दुमा कायम भएको छ । आज ८९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको शेयर मूल्य घटेसँगै १ कम्पनीको शेयर मूल्यमा स्थिर देखिएको छ ।

आज दिनभरिमा ३२१ कम्पनीको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १६ करोड आसपास शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बलेफी हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड ११ रुपैयाँ माथिको शेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै माया खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५।७४ प्रतिशतका दरले कमाएका छन् । आज केबीएल डिभेन्चर २०८६ का   लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.४८ प्रतिशतका दरले गुमाएका हुन् । यसदिन ६ उपसूचकमा हरियाली देखिएपनि ७ उपसूचक भने राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.५९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६२ प्रतिशत, हाइडोपावर समूहको ०.२१ प्रतिशतले घटेको छ ।