काठमाडौं – भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतमाथि २४ लाख ५० हजार रुपैयाँ घुस लिई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायणस्थित १४ रोपनी ४ आना जग्गा मोही र लगत कट्टा गरी जग्गाधनी प्रमाण–पुर्जा बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग सो रकम घुस मागिएको उजुरीको आधारमा आयोगबाट खटिएका टोली उनीहरूलाई पक्राउ गरेको हो ।
टोलीले कार्यालय परिसरमै प्रमुख आचार्यको मोबाइल डिभाइस र सहयोगी राउतको साथबाट मोबाइल डिभाइस तथा घुस रकम बरामद गरेको हो। अनुसन्धानबाट दुवै जनाले मिलेमतो गरेर पूर्व योजना अनुसार घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) बमोजिम बिगो रकम कायम गरी कैद सजाय र बराबर जरिवानाको माग गर्दै आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो।





About Us
प्रतिक्रिया