काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने सुनसरीको धरान उप– महानगरपालिका– ८ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने ३८ वर्षीय प्रदेश विक्रम थाम्सुहाङ रहेका छन् ।
मोरङ जिल्ला अदालतबाट मिति २०८३ साउन १ गते पक्राउ अनुमति जारी भएपछि, जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले थाम्सुहाङलाई साउन २६ गते काठमाडौं महानगरपालिका–११, थापाथलीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीमाथि बैंकिङ्ग कसुरसम्बन्धी मुद्दामा ३ लाख बिगो रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि साउन २७ गते जिल्ला प्रहरी कार्यालय विराटनगर, मोरङ पठाइएको छ।





About Us
प्रतिक्रिया