काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेप्से एआई एपबाट नामक एपमार्फत ठगी बढ्न थालेपछि सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । सीआईबीले एक व्यक्तिको २८ लाख ६१ हजार रुपैयाँ अन्य खातामा ट्रान्सफर भएको र पीडितको मोबाइलमा ‘ब्ल्याङ्क स्क्रिन’ देखिएको घटना विवरण सार्वजनिक गर्दै केही उजुरी प्राप्त भएको भन्दै जाेगिन सर्वसाधारणलाई सचेत गराएकाे हाे ।
केही दिनयता फेसबुक, इन्स्टा, टिकटकलगायतका सामाजिक सञ्जालबाट शेयर बजारको विश्लेषण भन्दै आकर्षक विज्ञापन देखाएर प्रयोगकर्तालाई उक्त एप डाउनलोड गर्न लोभ्याउने प्रवृत्ति बढेको सीआईबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ब्युरोका अनुसार, एप इन्स्टल गरी पासवर्ड तथा सेन्सेटिभ विवरण प्रविष्ट गरेपछि प्रयोगकर्ताको डिजिटल डिभाइसमा पूर्ण नियन्त्रण लिइने र बैंक खाताबाट रकम चोर्ने घटनाहरू दर्ता भएका छन्।
ब्युरोले यस्तो स्क्यामबाट बच्न निम्न सावधानी अपनाउन सुझाव:
१. टू-फ्याक्टर अथेन्टिकेशन कोड प्रयोग गर्न (सम्भव भएमा SMS मार्फत)।
१. पासवर्ड समय- समयमा परिवर्तन गर्ने।
३. Nepse AI लगायत र विज्ञापन लिंक र अपरिचित एप इन्स्टल नगर्ने।
४. आफ्नो डिभाइसमा अनधिकृत ‘AnyDesk’, ‘TeamViewer’ वा रिमोट एक्सेस कसैलाई नदिने।
५. आधिकारिक स्रोतहरू ‘Google Play Store’ वा ‘Apple App Store’ बाट मात्र डाउनलोड गर्न।



About Us
प्रतिक्रिया