निरन्तर घट्दै शेयर बजार, नेप्सेमा दोहोरो अंकको गिरावट आउँदा कारोबार रकम ६ अर्ब बढी

'वाणिज्य बैंक समूहको शेयर मूल्यमा ०.९१ प्रतिशतकाे गिरावट'


काठमाडौं – मंगलबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २४ दशमलव ७१ अंकले घटेर बजार २७ सय ९७ दशमलव ७४ को विन्दुमा कायम भएको छ । आज २४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको शेयर मूल्य घटेसँगै १ कम्पनीको शेयर मूल्यमा स्थिर देखिएको छ ।

आज दिनभरिमा ३२३ कम्पनीको १ करोड ७६ लाखभन्दा बढी कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९१ करोड आसपास शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ७७ रुपैयाँ माथिको शेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको २३ करोड रुपैयाँ आसपास शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिटि होटेलको लगानीकर्ताले कमाएका छन् आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् । आज फाइनान्स समूहको १.२५ प्रतिशत, हाइड्रोपावर समूहको १.१७ प्रतिशत, वाणिज्य बैंक समूहको ०.९१ प्रतिशत र विकास बैंक समूहको ०.५८ प्रतिशतले शेयर मूल्य घटेको हो ।