नेपाल माइक्रो इन्स्योरेन्सको लक इन अवधि सकिँदै


काठमाडौं – नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको लक–इन अवधि आउँदो भदौ २२ गते सकिने भएको छ । कम्पनीको सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको १ लाख १२ हजार ५०० कित्ता शेयरको लक–इन अवधि आउँदो भदौ २२ गते सकिने भएको हो ।

धितोपत्र बोर्डको नियमअनुसार सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएका शेयरहरू आईपीओ बाँडफाँट मितिदेखि ६ महिनासम्म लक–इन अवधिमा राख्नु पर्ने व्यवस्था छ। सोही अनुसार ती शेयरहरू लक–इनमा थिए, सो अवधि अब आउँदो भदौमा सकिने भएको हो ।

लक–इन अवधि सकिएपछि कम्पनीले सो शेयरहरू अब दोस्रो बजारमा कारोबार गर्न पाइने कम्पनीले जनाएको छ ।