काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने काभ्रेपलान्चोकको महाभारत गाउँपालिका– घर काठमाडौंको नागार्जुन नगरपालिका– ४ बस्ने ५५ वर्षीय रवि बोम्जन र सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका– ३ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ८ बस्ने ४८ वर्षीय फुलमाया खत्री रहेका छन् ।
पक्राउ पर्नेहरूमा खत्रीले अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै ११ जनासँगबाट ५१ लाख ठगेको प्रहरीले जनाएको छ । उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।





About Us
प्रतिक्रिया