बागमती प्रदेशमा बढ्यो बैंकिङ्ग कसुरका घटना,‘चेक बाउन्स’मा उजुरीको ओइरो


काठमाडौं – बागमती प्रदेशमा बैंकिङ्ग कसुरका घटनाहरू बढ्दै गएको छ । बैंकिङ्ग कसुरमा पनि सबैभन्दा बढी चेक बाउन्सका घटना घट्ने गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बैंक तथा वित्तीय संस्थामा कारोबार गर्दा गैर कानुनी, जालझेलयुक्त वा नियम विपरीत कार्य गर्नेहरूको सख्यां प्रदेशमा बढ्दै गएको हो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार अधिकांश ठगीहरू चेक बाउन्स, नक्कली हस्ताक्षर, नक्कली निक्षेप रसिद देखाएर ऋण लिने, फर्जी बैंक खाता खोल्ने, मोबाइल वालेट ह्याक गरेर गरिने गरेको छ । जनचेतनाको कम भएका कारणले गर्दा धेरैजसो मानिसहरू सजिलै विश्वास गरेर ठगीमा पर्ने गरेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सञ्जय सिंह थापा बताउँछन् ।

बैंक तथा वित्तीय संस्थामा कारोबार गर्दा गैर कानुनी, जालझेलयुक्त वा नियम विपरीत कार्य गर्नेहरूको सख्यां प्रदेशमा बढ्दै गएको हो ।

यस्ता अपराध नियन्त्रणका लागि प्रहरी सतर्कता र सर्वसाधारणको सचेतना दुवै आवश्यक छन् । प्रहरीका विभिन्न निकायहरूले बैंक तथा वित्तीय संस्थाहरूका ग्राहकलाई सचेत गराउन विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । तर, प्रविधिको दुरुपयोग रोक्न नसकिएको प्रहरीको भनाइ छ । अझ प्रभावकारी प्रणाली विकास तथा विस्तार गरी कारबाहीको दायरा अघि बढाउनु पर्ने विज्ञहरूको भनाइ छ ।

विशेषगरी, प्रहरीमा बैंकिङ्ग कसुरको नक्कली कागजात बनाउने, नक्कली चेक प्रयोग गर्ने, खातामा रकम नभएको अवस्थामा जानीजानी चेक काटेर दिने, अरूको खाताबाट बिना अनुमति रकम झिक्ने, एटिएम कार्ड दुरुपयोग गर्ने लगायतका घटनाहरू प्रहरीमा आउने गरेको छ । नेपाल सरकारले यस्तो गतिविधि नियन्त्रण गर्न बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ कार्यान्वयनमा ल्याएको छ ।

सो ऐनले बैंकिङ्ग कसुर गर्ने व्यक्तिलाई सजायको दायरामा ल्याउने गरेको छ । प्रहरीका अनुसार पछिल्ला दिनमा बैंकिङ्ग प्रणाली कमजोर पारेर रकम हिनामिना गर्ने, नक्कली कागजात पेस गरेर कर्जा लिनेजस्ता गतिविधि बढेका छन् । प्रवक्ता थापाका अनुसार बैंकिङ्ग कसुरसँग सम्बन्धित घटनाहरू राष्ट्र बैंकसँग समन्वय गरेर अनुसन्धान गर्ने गरिएको छ ।

डिजिटल कारोबार र वित्तीय पहुँच विस्तारसँगै बैंकिङ्ग कसुरका घटना बढेका हुन् । प्रहरीका अनुसार चेक अनादर, नक्कली कागजात तयार पारेर ऋण लिनेदेखि लिएर मोबाइल वालेट, अनलाइन कारोबार तथा इन्टरनेट बैंकिङ्गका माध्यमबाट हुने धोखाधडी समेत बैंकिङ्ग कसुरमा पर्छन् । डिजिटल कारोबारमा झनै ठगहरूलाई कसुर गर्न सहज भइरहेको छ ।

प्रहरीका अनुसार सो वर्षमा चितवनमा २१९ वटा उजुरी परेको थियो भने ८१ जना पक्राउ परेका थिए । यस तथ्यांकको अनुसार चितवनमा बैंकिङ्ग कसुरका प्रदेश भरीको भन्दा आधा बढी रहेको पाइएको छ ।

बैंकिङ्ग कसुरमा चेक बाउन्स जस्ता मात्र कसुरका बागमती प्रदेश आर्थिक वर्ष (आव) २०७९/२०८० मा ३८९ वटा घटनाहरू घटेका थिए । सो आवमा १०७ जना पक्राउ परेका थिए । सो वर्षमा सबैभन्दा बढी घटना चितवनमा घटेको प्रदेश प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो वर्षमा चितवनमा २१९ वटा उजुरी परेको थियो भने ८१ जना पक्राउ परेका थिए । यस तथ्यांकको अनुसार चितवनमा बैंकिङ्ग कसुरका प्रदेश भरीकोभन्दा आधा बढी रहेको पाइएको छ ।

यस्तै, आव २०८०/२०८१ मा बागमती प्रदेशमा बैंकिङ्ग कसुरका ७ सय ३७ वटा उजुरी परेको थियो । जसमा संलग्न १३२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यस वर्ष समेत चितवनमा सबैभन्दा बढी बैंकिङ्ग कसुरका मुद्दा दर्ता भएका थिए । साथै, आव २०८१/२०८२ मा बागमतीमा बैंकिङ्ग कसुरका ७ सय ७९ वटा घटना घटेका थियो भने यसमा संलग्न १६९ जनालाई प्रहरीले पक्राउ गरेको थियो । यस आवमा चितवनमा ३ सय २५ वटा बैंकिङ्ग कसुरका घटना घटेका थिए ।