काठमाडौं – सिक्लेस हाईड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ सम्मको सञ्चित नाफाबाट आफ्ना सेयरधनीहरुलाई बोनस सेयर र नगद लाभांश वितरण गर्ने भएको छ। उक्त प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय गरेको छ।
कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशत बराबर हुने १२ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस शेयर र ०।७८९ प्रतिशत बराबर ६७ लाख १० हजार ५ सय २६ रुपैयाँ ३२ पैसा बराबर नगद लाभांश वितरण गर्नको लागि आगामी बार्षिक साधारणसभामा प्रस्ताव पेश गर्ने निर्णय हो।
साथै, सञ्चालक समितिले बोनस शेयर जारी भएपछि कायम हुने चुक्ता पुँजीको १ः१ अनुपातम हकप्रद सेयर निष्काशन निष्काशन गरी अन्य जलविद्युत आयोजनाहरुमा लगानी गर्नको लागी विद्युत नियमन आयोगबाट पूर्व स्वीकृती भए पश्चात् अनुमोदनको लागी यस कम्पनीको आगामी बार्षिक साधारणसभामा पेश गर्ने निर्णय समेत गरेको छ ।






About Us
प्रतिक्रिया