नबिल बैंकले ४ लाख ८२ हजार कित्ता सेयर बिक्री गर्दै

नबिल बैंकले ४ लाख ८२ हजार कित्ता सेयर बिक्री गर्दै


बैंकिङ्ग समाचार,काठमाडौं 

नबिल बैंकले ४ लाख ८२ हजार ८०८ कित्ता सेयर बिक्रीमा ल्याएको छ। नबिलले संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख ८२ हजार ८०८ कित्ता सेयर बिक्रीमा ल्याएको हो।  विद्यमान संस्थापकलाई नै प्राथमिकता दिने गरी बैंकले सेयर बिक्रीमा ल्याएको हो। उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्तालाई सुचना जारी भएको ३५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ। बिक्रीमा रहेको सेयरको मूल्य बिक्रेता र खरिदकर्ता आपसी सहमतिमा निहीत हुने सूचनामा उल्लेख छ।