काठमाडौं – तेह्रथुम पावर कम्पनी लिमिटेडले साउन २७ गतेबाट हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले गत असार १६ गतेदेखि साउन ११ गतेसम्म १ बराबर १ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गरेको हो ।
कम्पनीले सर्वसाधारण समूहको ४ लाख १८ हजार ७३८ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि साउन २७ गतेदेखि भदौ ३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।
शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले उक्त शेयरमा भदौ ३ गते ३ बजेभित्र आफूले खरिद गर्ने शेयर संख्या खुलाई आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै नबिल बैंकका विराटनगर, बिर्तामोड, विरगञ्ज, हेटौँडा, जावलाखेल, सूर्यविनायक, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।






About Us
प्रतिक्रिया