काठमाडौं – महालक्ष्मी विकास बैंकको दार्चुलास्थित शाखाकाे भल्टमा राखिएको २ करोड ८४ लाख रुपैयाँ अपचलन गरिएको आरोपमा जिल्ला प्रहरीले अनुसन्धान सुरू गरेको छ। बैंकको रकम अपचलन भएको शङ्कामा प्रहरीले बैंकको कर्मचारीलाई सोधपुछ गरेको हो ।
उनीहरूलाई पक्राउ गर्नेका लागि जाहेरीको आवश्यकता पर्ने भएकाले पक्राउ नगरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बैंकिङ्ग समाचारलाई बताएको छ । प्रहरीकाअनुसार बाँकी प्रक्रिया सुरु गर्नका लागि बैंकले जाहेरी दिनु पर्नेमा हालसम्म पनि बैंकबाट जाहेरी आइसकेको छैन ।
जाहेरी प्राप्त भए लगत्तै आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। प्रहरीका अनुसार बैंकका कर्मचारीहरूले भल्टमा राखिएको उक्त रकम अनधिकृत रूपमा प्रयोग गरेको पाइएको छ। उनीहरूले भल्टमा राखेको २ करोड ८४ लाख रुपैयाँ अपचलन गरेको पाइएको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया