काठमाडौं – कास्की प्रहरीले अवैध रूपमा सुन र चाँदीको कारोबार गर्ने ११ जनालाई पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका वडा नं. २, ३, ४ र ९ का विभिन्न स्थानमा अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी टोलीले संयुक्त रूपमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा सबै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको महाराष्ट्र, साग्ली जिल्ला घर भई हाल कास्कीको पोखरा महानगरपालिका– २ मोहरिया टोल बस्ने ४२वर्षीय राजेन्द्र रामचन्द्र जगताप, कलकत्ताको मेद्रापुर घर भई हाल कास्कीको पोखरा महानगरपालिका–२ मोहरीया टोल बस्ने ४५ वर्षीय मनिक लाल आदक, पश्चिम बङ्गालको हुग्ली घर भई हाल कास्कीको महानगरपालिका– १ बिन्दावासिनी बस्ने ३५ वर्षीय सन्दिप ढाव, पश्चिम बङ्गालको बाकुला घर भई हाल कास्कीको पोखरा महानगरपालिका– २ मोहरीया टोल बस्ने ४१ वर्षीय सोमनाथ पाल, पश्चिम बङ्गालको कलकत्ता घर भई हाल कास्कीको पोखरा महानगरपालिका–४ तेर्सापट्टी बस्ने ४७ वर्षीय दिपक सामन्त, पश्चिम बङ्गालको मेद्रापुर घर भई हाल कास्कीको पोखरा महानगरपालिका– ३ बस्ने ४७ वर्षीय गोविन्दा दिण्डा, कलकत्ताको हाउडा घर भई हाल कास्कीको पोखरा महानगरपालिका– ९ चिप्लेढुङगा बस्ने ३५ वर्षीय असित वर, कलकत्ताको पश्चिम मेद्गापुर घर भई हाल कास्कीको पोखरा महानगरपालिका–२ मोहरीया टोल बस्ने ४४ वर्षीय तापस सामन्त, कलकत्ताको मेद्रापुर घर भई हाल कास्की पोखरा महानगरपालिका–२ भैरवटोल बस्ने ३८ वर्षीय उज्वल भोमिक, भारत महाराष्ट्र, पुने घर भई हाल कास्कीको पोखरा महानगरपालिका– ८ सभागृह बस्ने वर्षीय ४० सुनिता पवार र भारत घर भई हाल कास्कीको पोखरा महानगरपालिका– २ मोहरीया टोल बस्ने वर्ष ४९ को प्रोभास माझ रहेका छन् ।
प्रहरीले राजेन्द्र रामचन्द जगतापको साथबाट सुन ११ तोला २०.६ लाल, चाँदी २९६ तोला ३३ लाल, नगद १लाख ६० हजार, मनिक लाल आदकको साथबाट सुन १३ तोला १७ लाल, चाँदी १० तोला ५५ लाल , सन्दिप ढावको साथबाट सुन ३ तोला ८ लाल, सोमनाथ पालबाट सुन १२ तोला १२.७ लाल, चाँदी ९ तोला ५९.४ लाल, दिपक सामन्तबाट सुन ३८ तोला ५ लाल, चाँदी ३० तोला ११ लाल, गोविन्द दिण्डाबाट सुन २१० तोला ८९ लाल, असित वरबाट सुन ८६ तोला ८७.१ लाल र चाँदी ३१.५ लाल, तापस सामन्तबाट सुन २४ तोला १५ लाल, उज्वल भोमिकबाट सुन ५ तोला ४६.९ लाल र सुनिता पवारबाट सुन २ तोला ५० लाल, चाँदी ९३ तोला ६१ लाल बरामद गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतका महाराष्ट्र, पश्चिम बंगाल र कलकत्ता लगायतका विभिन्न स्थानका बासिन्दा रहेका छन्, जो हाल पोखरामा बसोबास गर्दै आएका थिए। पक्राउ परेकासँग प्रहरीले करिब ५४९ तोला ४० लाल (९६ किलो ४०० ग्राम) सुन, ४४४ तोला ७३.९ लाल चाँदी र नगद ५ लाख १४ हजार ६६५ रूपैयाँ बरामद गरेको छ। बरामद गरिएको सुन–चाँदीको बजार मूल्य क्रमशः प्रति तोला एक लाख ९९ हजार ९ सय र २ हजार ३ सय १५ रहेको प्रहरीले जनाएको छ।
बरामद धातु र रकमसहित पक्राउ परेकाहरूलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय, बुटवल पठाइने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिएका छन्।





About Us
प्रतिक्रिया