काठमाडौं – यो साता शेयर बजारमा भारी अंककाे गिरावट देखिएको छ । साताको पाँच कारोबारको ३ दिन शेयर बजार घट्दा २ दिन मात्र बढ्यो । शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) यो साता समग्रमा ७२ दशमलव २६ अंकले घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ । यो साता समग्रमा ४७ अर्ब रुपैयाँ आसपास मात्रै शेयर कारोबार भएको छ ।
आइतबार शेयर बजारमा ६३ दशमलव ७३ अंकले घटेसँगै बजार २८ सय ५८ दशमलव ९० को बिन्दुमा रोकिँदा १२ अर्ब ८४ करोड रुपैयाँ आसपासमा कारोबार भयो । सोमबार नेप्से १६ दशमलव ४६ अंकले बढेसँगै १० अर्ब ६३ करोड रुपैयाँ हाराहारीमा शेयर कारोबार भयो ।
सोमबार बढेको बजार मंगलबार पुनः घट्यो । मंगलबार नेप्सेमा ४१ दशमलव ३५ अंकको गिरावट देखिँदा ९ अर्ब १५ करोड रुपैयाँको कारोबार भयो । यस्तै, मंगलबार घटेको बजार बुधबार पुनः १ दशमलव ९४ अंकले घट्यो । त्यसदिन ७ अर्ब ८६ करोड रुपैयाँ आसपासमा शेयर कारोबार भयो । साताको अन्तिम दिन दोहोरो अंक अर्थात् १८ दशमलव ३० अंकले बढेको बजारमा ८ अर्ब ३३ करोड रुपैयाँको शेयर कारोबार भयो ।



About Us
प्रतिक्रिया