काठमाडौं – ११ करोड रुपैयाँ ठगी आरोप लागेका सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव पक्राउ परेका छन् । शेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ नदिएको भन्दै ठगी आरोपको उजुरी परेपछि श्रीवास्तव आफैँ प्रहरी परिसर पुगेका काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता कुलदीप चन्दले बैंकिङ्ग समाचारलाई बताए ।
चन्दले बैंकिङ्ग समाचारसँग भने,‘ठगी कसुर सम्बन्धी उजुरी आएको हो, श्रीवास्तव आफैँ उपस्थित हुन आउनुभएको हो । उहाँमाथि ११ करोड ५५ लाख रुपैयाँ ठगीको उजुरी परेको छ ।’
उनीमाथि अनुसन्धानका लागि कानुनी प्रक्रिया अगाडि बढेको प्रवक्ता चन्दले बताए ।






About Us
प्रतिक्रिया