नेप्सेमा झिनो अंकको वृद्धि , कारोबार रकम ७ अर्ब आसपास

‘बैंकिङ्ग समूहमा ४.७ अंकको गिरावट’


काठमाडौं – आज साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २ दशमलव ३५ अंकले बढेर बजार २८ सय ३६ दशमलव ३५ को विन्दुमा कायम भएको छ । आज ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२० कम्पनीको २ करोड १६ लाख ५७ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड आसपास शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नगदी ग्रप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २९ करोड ४५ लाख माथिको शेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको ३८ करोड आसपास शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्आ ज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ३ दशमलव ७८ प्रतिशतका दरले गुमाएका हुन् ।