काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ छ । पक्राउ पर्नेमा म्याग्दीको मंगला गाउँपालिका– ४ घर भई ललितपुर महानगपालिका –१५ बस्ने ३६ वर्षीय नर बहादुर बुढाथोकी र पाँचथरको फिदिङ नगरपालिका– १ घर भई काठमाडौंको टोखा नगरपालिका– २ बस्ने ४६ वर्षीय उमेश हिङमाङ रहेका छन् ।
पक्राउ परेकामध्ये बुढाथोकीले एक जनालाई युएई पठाइदिन्छु भन्दै १ लाख र हिङमाङले २ जनालाई युएई पठाइदिन्छु भन्दै ११ लाख ५९ हजार ठगी गरेको प्रहरीले बताएको छ । उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।





About Us
प्रतिक्रिया