‘द नेशनल बैंकिङ्ग डिस्कोर्श २०२३’ को प्रोमो सार्वजनिक

‘द नेशनल बैंकिङ्ग डिस्कोर्श २०२३’ को प्रोमो सार्वजनिक


बैंकिङ्ग समाचार, काठमाडौं ।
बृहत राष्ट्रिय आर्थिक संवाद कार्यक्रम ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श २०२३’ (The National Banking Discourse-2023) को आज प्रोमो सर्वजनिक भएको छ । बैंकिङ्ग समाचारले आयोजना गर्ने उक्त कार्यक्रम वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)द्धारा उद्घाटन गरिनेछ ।

‘द नेशनल बैंकिङ्ग डिस्कोर्श २०२३’ कार्यक्रममा बर्तमान आर्थिक परिदृश्यमा बजेटसँगको अपेक्षा, वित्तीय सेवा इकोसिस्टमको डिजिटलाइजेशनको स्थिती र चुनौती, रेमिट्यान्सले धानेको अर्थन्त्रको प्राण र यसको भविष्य, दिगो अनी समाबेशी बिकासका लागि बित्तिय साक्षरताको अपरिहार्यता र स्थिती लगायतका विषयवस्तुमा मुलभुत छलफल हुनेछ ।  

नबिल बैंकद्धारा प्रायोजित यस कार्यक्रम जेठ २ गते मंगलबार काठमाडौंस्थीत सोल्टी होटलमा हुनेछ ।

प्रोमोः