रोकिएन बजारको ओरालो यात्रा, नेप्सेमा दोहोरो अंकको गिरावट आउँदा कारोबार रकम ९ अर्ब आसपास 

‘बैंकिङ्ग समूहमा १६.३१ अंकको गिरावट’


काठमाडौं – आज साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ४१ दशमलव ७८ अंकले घटेर बजार २८ सय ३३ दशमलव ५७ को विन्दुमा कायम भएको छ । आज ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २०२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२५ कम्पनीको २ करोड २२ लाख  कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३३ करोड  आसपास शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३९ करोड २८ लाख माथिको शेयर कारोबार भएको छ । ट्रेड टावर कम्पनीको ३७ करोड माथिको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३३ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । सिर्जनशील लघुवित्तका लगानीकर्ताले पनि ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । आज विकास बैंकको शेयर मूल्य २.४६ प्रतिशत, वाणिज्य बैंक समूहको १.०८ प्रतिशत, फाइनान्स समूहको १.८५ प्रतिशत, इन्भेष्टमन्ट समूहको १.७१ प्रतिशत र जीवन बीमा समूहको १.४२ प्रतिशतले शेयर मूल्य घटेको छ ।