तत्कालीन सीईओ रायको कार्यकालमा कर्णाली विकास बैंकको नाममा दर्जनौँ खाता खोली रकम अपचलन


काठमाडौं – कर्णाली विकास बैंक घोटाला प्रकरणमा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृतहरूले बैंकको नाममा रहेका खाताहरूबाट विभिन्न बैंकबाट रकम निकालेर अपचलन  गरेकाे खुेलेकाे छ । बैंकको स्थापनाकालमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ ) मा राजेन्द्र वीर राय रहेका थिए । उनले विभिन्न बैंकहरुबाट रकम निकासी गरी व्यक्तिगत लाभका लागि दुरुपयोग गरेको थिए । 

उनी बैंकको  सीईओ रहेको समयमा  कर्णाली बैंकको माछापुच्छ्रे बैंक, सिभिल बैंक लिमिटेड,एनसिसी बैंक लिमिटेड, नबिल बैंक ,कामना सेवा विकास बैंक, पोखरा फाइनान्स लिमिटेड,गरिमा विकास बैंक, सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, एनएमबी बैंक लिमिटेड,नेपाल एसबीआई बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, सिटिजन्स बैंक ,राष्ट्रिय वाणिज्य बैंक , कृषि विकास बैंक,एभरेस्ट बैंक, नेपाल राष्ट्र बैंकमा विभिन्न किसिमका खाताहरू सञ्चालनमा रहेका थियो ।

उनले बैंकका खाताहरूको दुरुपयोग गरी बैंकका लागि भन्दै अन्य बैंकहरुबाट रकम निकाल्ने तर बैंकमा नराखी व्यक्तिगत प्रयोगका लागि उपयोग गरेका हुन् ।