शहरिया उपभोक्ताको भान्सामा ४० जिल्लाको अर्ग्यानिक उत्पादन पुर्‍याउँदै अभिषेक


कोशी प्रदेशको राजधानी विराटनगरका शहरिया उपभोक्ताको भान्सामा २४ वर्षीय अभिशेक गौतमले अर्ग्यानिक उत्पादन पुर्‍याइरहेका छन् । कोशी प्रदेशकै उच्च हिमाली संखुवासभा र सोलुखुम्बु जिल्लामा फलेका अन्नबाली र त्यसबाट उत्पादित खाद्यान्नदेखि कर्णाली र सुदुरपश्चिमसम्मका अर्ग्यानिक उत्पादनलाई गौतमले चार वर्षदेखि सञ्चालन गरेको ‘ विराटनगर- कोशी प्रदेशको राजधानी विराटनगरका शहरिया उपभोक्ताको भान्सामा २४ वर्षीय अभिशेक गौतमले अर्ग्यानिक उत्पादन पुर्‍याइरहेका छन् ।

कोशी प्रदेशकै उच्च हिमाली संखुवासभा र सोलुखुम्बु जिल्लामा फलेका अन्नबाली र त्यसबाट उत्पादित खाद्यान्नदेखि कर्णाली र सुदुरपश्चिमसम्मका अग्र्यानिक उत्पादनलाई गौतमले चार बर्षदेखि संचालन गरेको ‘अग्र्यानिक घर’ मार्फत शहरी क्षेत्रका उपभोक्ताको भान्सामा पुर्‍याउँदै आएका छन् । घर’ मार्फत शहरी क्षेत्रका उपभोक्ताको भान्सामा पुर्‍याउँदै आएका छन् । गौतमले अहिलेसम्म ४० वटा जिल्लामा उत्पादित ताजा तरकारी, दाल दलहन, अन्नबाली र त्यसबाट बनेका तत्कालै खान मिल्ने परिकार समेतलाई अर्ग्यानिक घरमार्फत बिक्री वितरण गर्दै आएको बताए । अर्ग्यानिक घरमा कम्पोष्ट मलको मात्रै प्रयोग गरिएका खाद्य उत्पादन बिक्री हुने गरेका छन् ।

किसानबाटै खरिद गरेर ल्याउने भएका कारण आफूले बिक्रीमा राखेका खाद्य वस्तु अर्ग्यानिक रहेको उनको दाबी छ । ‘जंकफुड’ खाने आधुनिक जीवनशैली र प्रशोधित खानेकुराले दिक्कदारी भएका तथा विभिन्न प्रकारका रोग लाग्ने भयले शहरिया मानिसमा अर्ग्यानिक खाद्यवस्तुको प्रयोग गर्ने बानी बढ्दै गएको छ । तर, त्यस्ता रैथाने र स्थानीय जातका खाद्यान्न सहजै पाउन भने मुस्किल भएको बेलामा गौतमले उपभोक्तालाई अर्ग्यानिक घरको एउटै छानामुनि ल्याउन सफल भएका हुन् ।

विराटनगर–१० रेन्बो गल्लीमा खोलेको अर्ग्यानिक घरलाई उनले शुक्रबारदेखि अझ परिष्कृत र व्यवस्थित गर्दै सञ्चालनमा ल्याएका हुन् । उनले अझ व्यवस्थित गरी सञ्चालन गरेको अर्ग्यानिक घरको उद्घाटन विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले गरेकी थिइन् ।‘ अर्ग्यानिक खाद्यान्न वस्तु बिक्री गरिरहेको छु, शहरी उपभोक्तालाई अर्ग्यानिक वस्तुको महत्त्व बुझाउनदेखि अर्ग्यानिक नै हो भने भनेर विश्वास दिलाउन सफल भएको छु’ उनले भने, ‘चार वर्षदेखि सञ्चालन गरिरहेको छु, अर्ग्यानिक उत्पादन बिक्री गर्न सफल भएको छु, आजदेखि अर्ग्यानिक घरलाई केही परिष्कृत गरेर सञ्चालन सुरु गरेको छु ।’ उनले पूर्वमा इलामको अर्थोडक्स र ग्रीन टीदेखि सन्दकपुरको किबी, संखुवासभाको सख्खर, सोलुको लुक्लामा फल्ने सिमी, धनकुटाको खारेको घिउ, तेह्रथुमको नौनी, तेह्रथुमको कोदो र फापरको बिस्कुट, पाँचथरको किबीको जुस, खोटाङको दाल दलहन, धनकुटाकै बेलको जुस जस्ता अनेकौँ स्थानीय उत्पादन अर्ग्यानिक घरमा भेटिन्छन् ।

त्यस्तै, गुल्मीको लोकप्रिय योर्गेली सख्खर, मुस्ताङको उवा (जौ भन्दा राम्रो अन्न) मार्सी चामल, जुम्लाकै स्याउ, कोदो फापरदेखि हुम्ला जुम्लामा मात्रै फल्ने संसारको सबैभन्दा पुरानो अन्नबालीका रूपमा चिनिएको चिनो कागुनो, डोल्पाको सिलाजित, रुपन्देहीको मोरिङ्गो पनि अर्ग्यानिक घरमा बिक्री हुने गरेको गौतमले बताए । ‘पहिले ३० जिल्लाका स्थानीय तथा अर्ग्यानिक उत्पादन बिक्री गर्दै आएको र अहिले ४० जिल्लाका उत्पादन बिक्री गरिसकेको छु’ उनले भने, ‘गाँजाको साबुन, तीतेपातीको साबुन, जिम्मु, टिम्मुर, अपराचिता, बेलचण्डा र चमेली र घण्टी फुलको चिया, सिस्नुको धुलो, हेम्पको साबुन र नुडल्स पनि सहजै पाइन्छ ।’

घण्टी फुलको चिया, सिस्नुको धुलो, हेम्पको साबुन र नुडल्स पनि सहजै पाइन्छ ।’ यसका साथै, सिजन अनुसार फल्ने र उत्पादन हुने हरेक स्थानीय उत्पादनलाई अग्र्यानिक घरसम्म ल्याइँदै आएको उनले बताए । गौतमले युवा पुस्ताभन्दा उमेर ढल्किँदै गएका शहरिया उपभोक्ता आफ्नो पसलमा बढी आउने गरेको जानकारी दिए । 

अर्ग्यानिक वस्तुको महत्त्व अब युवा पुस्तालाई बुझाउन जरुरी भएको गौतमले बताए। आफूले पसल नै सञ्चालन गरेर अर्ग्यानिक उत्पादन बिक्री गरेका कारण घरेलु उत्पादनको ब्राण्डिङ समेत हुँदै गएको उनको दाबी छ। विराटनगर, इटहरी, दमकदेखि बिर्तामोडसम्म लाग्ने गरेका मेला महोत्सवमा समेत आफूलेस्टल लिएर अर्ग्यानिक उत्पादनलाई बिक्री वितरण र प्रवर्द्धन गर्दै आएको बताएका छन्। गौतमले विराटनगर बाहिर रहेका आफ्ना नियमित उपभोक्तालाई आवश्यक पर्दा अनलाइन डेलिभरी समेत गर्दै आएका छन्। अर्ग्यानिक उत्पादनप्रति उपभोक्ताको विश्वास बढेकै कारण विराटनगरकै बरगाछीमा पहिलो आउटलेट सञ्चालन गरिसकेको उनले जानकारी दिए।