काठमाडौं – ठगी मुद्रामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका– ५ पकरबास घर भई भक्तपुरको सुर्यविनायक नगरपालिका– ४ दधिकोट बस्ने ४२ वर्षीय सविन उप्रेती रहेका छन् । उनीमाथि १२ करोड २ लाख ३४० रुपैयाँ बिगो रकम ठगी गरेको आरोप रहेको छ ।
उप्रेतीलाई भिम बहादुर कार्की लगायतको जाहेरीर ठगी तथा सहकारी ऐनअन्तर्गतको मुद्दामा फरार रहेका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उप्रेतीलाई साउन १३ गते साँझ ४ बजे भक्तपुर सूर्य विनायक नगरपालिका वडा नं.४ दधिकोटबाट फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालत बबरमहल पठाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया