पन्ध्र लाख बिगो भएको बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ 


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोकको चौरीदेउराली गाउँपालिका –१ घर भई काठमाडौं महानगरपालिका– १५ स्वयम्भू बस्ने ३३ वर्षीय सुकराम लामा तामाङ रहेका छन् । 

उनीविरुद्ध उच्च अदालत पाटनबाट १५ पन्ध्र लाख बिगो दाबी गरी फैसला गरिएको खुल्न आएको छ । तामाङले १५ लाख जरिवाना, ५ दिन कैद र क्षतिपूर्ति बापत शुल्क ६० हजार पीडित राहत कोषमा बुझाउनुपर्ने प्रहरीले जनाएको छ । उनलाई गौशालाबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत बबरमहल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानबाट उनी प्रहरी वृत्त महाराजगंजमा बिगो ५ लाख बिगो भएको बैंकिङ्ग कसुर मुद्दामा, प्रहरी वृत्त महाराजगंजमा बिगो २ लाख ९०  हजार बिगो  भएको बैंकिङ्ग कसुर मुद्दामा र जिल्ला प्रहरी परिसर भक्तपुरमा ९ लाख बिगो भएको बैंकिङ्ग कसुर मुद्दामा फरार रहेको खुल्न आएको छ ।