कुमारी बैंकले १४ लाख ९० हजार शेयर लिलामीमा विक्री गर्ने

कुमारी बैंकले १४ लाख ९० हजार शेयर लिलामीमा विक्री गर्ने


बैकिङ्ग समााचार, काठमाडौं ।

कुमारी बैंक लिमिटेडले १४ लाख ९० हजार कित्ता संस्थापक शेयर वैशाख १९ गतेदेखि लिलामीमा विक्री गर्ने भएको छ । उक्त संस्थापक शेयरमा कम्पनीका संस्थापक शेयरधनीसँगै अन्य इच्छुक व्यक्ति फर्म, कम्पनी तथा संगठित संस्थाहरूले आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू ११९ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सकिनेछ । 

आवेदकले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदकले जेठ २३ गतेसम्म आवेदन सक्ने कम्पनीले जानकारी दिएको छ । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लिलामी शेयरको आवेदन जेठ २५ गते बिहान ११ बजे प्रभु क्यापिटल कमलादी काठमाडौंमा खोलिनेछ ।