आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको एकीकृत कारोबार सुरु हुदैँ


बैकिङ्ग समाचार काठमाडौं । 

आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले यही वैशाख २७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्। मर्जर प्रक्रिया पूरा गरी यी दुवै कम्पनीले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन्।  गत चैत ६ दुवै कम्पनीबीच मर्जरको अन्तिम सम्झौता भएको थियो। दुवै कम्पनी १ः१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्। 

दुवै कम्पनीको गत चैत २२ गते बसेको विशेष साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो।