काठमाडौं – बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि कम्बोडिया लैजाने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको पुनर्वास नगरपालिका –१ घर भई ललितपुरको गोदावरी नगरपालिका– २८ बस्ने ३४ वर्षीय बुद्धि बहादुर तामाङ रहेका छ ।
उनले एक जनालाई कम्बोडिया पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ । उनलाई ललितपुरको गोदावरी नगरपालिका– १० बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडाैं पठाइएको प्रहरीले जनाएको छ ।





About Us
प्रतिक्रिया