नेपाल उद्योग परिसंघमा १९ वटा समिति गठन, सभापति एवं उपसभापतिको मनोनयन


काठमाडौं – नेपाल उद्योग परिसंघले क्षेत्रगत रुपमा काम गर्ने गरी विभिन्न १९ वटा समिति, काउन्सिल, फोरम गठन गरेको छ। परिसंघले गठन गरेको समितिहरुमा उद्योग समिति, राजश्व समिति, मेक इन नेपाल स्वदेशी समिति, ग्लोबल बिजनेस तथा डायस्पोरा समिति, पूर्वाधार समिति, बैंकिङ्ग तथा फाइनान्स समिति, पर्यटन समिति, कृषि तथा म्याप समिति, प्रदेश तथा जिल्ला समन्वय समिति छन्।

त्यस्तै, सदस्यता समिति, उत्पत्तिको प्रमाणपत्र समिति, शिक्षा तथा सीप समिति, स्वास्थ्य परिषद, रोजगारदाता परिषद, उर्जा विकास परिषद, सूचना प्रविधि परिषद, सीइओज फोरम, महिला नेतृत्व फोरम, स्टार्टअप तथा युवा उद्यमी मञ्च गठन भएको जनाइएको छ।

परिसंघले समितिहरुको सभापति तथा उपसभापतिहरुको चयनसमेत गरेको छ। आइतबार परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले गठित समिति, काउन्सिल तथा फोरमका सभापति तथा उपसभापतिहरुलाई मनोनयन पत्र प्रदान गरेका हुन्।

सो अवसरमा अध्यक्ष पाण्डेले सरकार एवं नियामक निकायहरुलाई स्पष्ट नीतिगत सुझाव दिन, उद्यमीहरुको प्रबर्द्धन गर्दै मुलुकको समग्र आर्थिक विकासका लागि समितिहरुले जिम्मेवारीपूर्वक काम गर्ने विश्वास व्यक्त गरे। समितिहरुको सहयोगमा परिसंघले आगामी दुई वर्ष प्रभावकारी रुपमा काम गर्ने उनले बताए।

उद्योग समिति सभापतिमा राहुल अग्रवाल र उपसभापतिमा गुरु अधिकारी, राजश्व समिति सभापतिमा गोपाल अग्रवाल, उपसभापतिमा दिपक कुमार अग्रवाल र शेषमणी दहाल, कृषि तथा म्याप समिति सभापतिमा हितेश गोल्छा, मेक इन नेपाल स्वदेशी समिति सभापतिमा प्राशी अग्रवाल छन्।

उपसभापतिमा विदूषी राणा, ग्लोबल बिजनेस तथा डायस्पोरा समिति सभापतिमा चन्द्र चण्डन र उपसभापतिमा वर्ण न्यौपाने, पूर्वाधार समिति सभापतिमा रामकृष्ण खतिवडा र उपसभापतिमा बसन्त चन्द, बैंकिङ तथा फाइनान्स समिति सभापतिमा वरुण कुमार तोदी रहेको बताइएको छ।

पर्यटन समिति सभापतिमा पम्फा धमला, उपसभापतिमा अशोक पोखरेल र रोमी अर्याल, प्रदेश तथा जिल्ला समन्वय समिति सभापतिमा लेखराज पोखरेल र उपसभापतिमा पवन कुमार शारडा, सदस्यता समिति सभापतिमा गौरव शारडा, उत्पत्तिको प्रमाणपत्र समिति सभापतिमा आकाश गोल्छा छन्।

शिक्षा तथा सीप समिति सभापतिमा आषिश जजोडिया, उपसभापतिमा यश अग्रवाल, स्वास्थ्य समिति सभापतिमा मनिष खेम्का, उपसभापतिमा आशिष अग्रवाल, रोजगारदाता परिषद सभापतिमा ध्रुव रिजाल, उर्जा विकास परिषद सभापतिमा आशिष गर्ग, उपसभापतिमा सन्जीव न्यौपाने चयान भएका छन्।

त्यसैगरी सूचना प्रविधि परिषद सभापतिमा सन्जय गोल्छा, सीइओज फोरम सभापति हरकिरत सिंह बेदी, महिला नेतृत्व फोरम सभापतिमा विदूषी राणा, उपसभापतिमा आश्रयता कार्की, स्टार्टअप तथा युवा उद्यमी मञ्च सभापतिमा अनुराग गोयल, उपसभापतिमा आशिष अग्रवाल छन्। सो कार्यक्रममा परिसंघका उपाध्यक्ष रोहित गुप्ता, गोकुल भण्डारी, पदाधिकारी सदस्य सन्दिप शारडा, प्राशी अग्रवाल, विदूषी राणा, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए।