काठमाडौं – सुनको सिक्री लुटपाटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका –८ जरञ्जु बस्ने २१ वर्षीय कौशल बस्नेत र २६ वर्षीय मिलन तामाङ रहेका छन् ।
उनीहरूले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१६ माछापोखरी गुणस्तर विभाग र माछापोखरी पुल नजिकै रहको सार्वजनिक शौचालयको बीचमा लागेको तरकारी बजारमा तरकारी किन्ने बहानामा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका– २६ सामाखुशी टाउन प्लानिङ्ग घर भई बस्ने ५१ वर्षीया लक्ष्मी घिमिरेको सिक्री लुटपाट गरी फरार भएका थिए। उनीहरूले घिमिरेको ४ लाख ३८हजार पर्ने २ तोला २५ लाल बराबरको सुनको सिक्री लुटपाट गरेका थिए ।
सुनको सिक्री लुटपाट गरी फरार भएको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट प्रहरी टोली परिचालन गरी उक्त घटनामा संलग्न व्यक्तिहरूको खोजतलास गर्ने क्रममा उनीहरूलाई माछापोखरी कुमारी स्थान मन्दिर नजिकबाट लुटपाट भएको समानहरू सहित नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाउको छ ।
प्रहरीले उनीहरूको साथबाट सुनको सिक्री १थान, आई फोन प्रोमक्स १३ मोबाइल १ थान र सामसुम मोबाइल १ थान बरामद गरेको छ ।





About Us
प्रतिक्रिया