कुमारी बैंकको २९ लाख बढी कित्ता संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने

कुमारी बैंकको २९ लाख बढी कित्ता संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंकले साबिक नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २९ लाख ६५ हजार ४२० कित्ता संस्थापक शेयर वैशाख १५ गतेदेखि विक्रीमा आउने भएको छ । 

बैंकले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न सक्ने गरी यो शेयर विक्रीमा ल्याएको हो । 

प्रतिकित्ता रू. ११९ मूल्य तोकेर विक्रीमा ल्याएको यो शेयर खरीदका लागि शेयर खरिद गर्न इच्छुक आवेदकहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । इच्छुक आवेदकहरूले जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन् । 

यो शेयर विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।