कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली बैशाख १५ गते बुक क्लोज गर्ने भएसँगै आज अर्थात बैशाख १४ गते सम्म कायम शेयरधनीहरुले साधारणसभामा भाग लिन र बैंकले वितरण गर्ने लाभांश पाउन योग्य हुनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ४ दशमलव ४१ प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि शून्य दशमलव २३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

यो प्रस्ताव पारितका लागि कम्पमनीले बैशाख ३१ गते साधारण सभा बोलाएको छ । सभा सिद्धार्थ बुटिक होटेल सिमलटार बौद्ध काठमाडौंमा बिहान ११ः३० बजे शुरु हुने जानकारी दिएको हो ।