काठमाडौं – आर्थिक लाभ लिने मनसायले जबरजस्ती करणीको मुद्दामा फसाईदिन्छु भन्दै हनी ट्र्रयापमा पारी रकम असुल्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख नौमुले–८ घर भई सुर्खेतको विरेन्द्रनगर–९ बस्ने २९ वर्षीय शिन्दु चन्द्र रहेकी छिन् ।
उनले मनोज कोइरालालाई विभिन्न विभिन्न मितिमा पटक पटक गरी १४ लाख २५ हजार रुपैयाँ माग्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मोहनजंग बुढथापाले बैंकिङ्ग समाचारसँग बताए । चन्द्रले कोइरालालाई हनी ट्र्रयापमा पारेर ठगी गर्ने गरेको १ वर्षभन्दा बढी भइसकेको प्रवक्ता बुढथापाले बताए।
उनले कोइरालालाई जबरजस्ती करणीको मुद्दामा फसाईदिन्छु र सामाजिक सञ्जालमा नाङ्गो फोटो राखी दिन्छु भन्दै ८-१० पटक पैसा मगेको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले चन्द्रलाई पक्राउ गरी आर्थिक लाभ (एक्सटर्सन) लिएको कसुरमा थप अनुसन्धान गर्दै गरेको प्रहरीले जनाउको छ।






About Us
प्रतिक्रिया