काठमाडौं– निजी क्षेत्र र व्यापार व्यवसायमा संलग्न उद्यमी व्यवसायहरूलाई प्रोत्साहित गर्ने नेपाल सरकारको नीति अनुरूप नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघको सह–आयोजनामा भएको व्यावसायिक व्यक्ति सम्मान तथा सुशोभन कार्यक्रममा प्रतिनिधिमूलक व्यावसायिक महासंघ तर्फबाट हस्तकला उद्यमी व्यवसायीहरूको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य मानार्थ सम्मानबाट सुशोभित भएका छन् ।
२०८२ असार ३२ गते बुधबार नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीबाट एक भव्य समारोहकाबीच उनी महत्त्वपूर्ण व्यावसायिक व्यक्ति सम्मानबाट सुशोभित भएका हुन् ।
त्यसैगरी नेपाल हस्तकला महासंघका सदस्यहरू मध्ये ब्यवसायीका प्रतिनिधिमूलक वस्तुगत संघको तर्फबाट नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघका अध्यक्ष नरेशलाल श्रेष्ठ, हस्तकला वस्तुको निर्यातबाट सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने निर्यातकर्ताहरूमध्येबाट गिफ्ट ल्याण्ड इन्टरप्राइजेज प्रा.लि. का सञ्चालक पदमरत्न धाख्वा, तेस्रो मुलुकमा सबैभन्दा बढी फेल्टजन्य हस्तकला वस्तु निर्यातकर्ताको तर्फबाट नेशनल एक्सपोट्र्स प्रा.लि. का सञ्चालक चन्द्रबहादुर थापा, तेस्रो मुलुकतर्फ एक अर्बभन्दा बढी रकमको निर्यातकर्ता एभरेष्ट फेशनका प्रमुख कार्यकारी अधिकृत महेश्वर श्रेष्ठ, चीनतर्फको निकासीमा तेस्रो स्थान हासिल गर्ने अष्टमंङलका प्रोप्राइटर उर्गेन लामा, त्यसैगरी स्टार्टअप उद्यमी व्यवसायीको तर्फबाट माइन्डफुल क्राफ्ट प्रा.लि का प्रबन्ध निर्देशक कुवेर सापकोटा महत्त्वपूर्ण व्यावसायिक व्यक्ति सम्मानबाट सुशोभित भएका छन् ।



About Us
प्रतिक्रिया