नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको लाभांश परिमार्जन,अब १७.९३% मा लाभांश वितरण गर्नुपर्ने 

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको लाभांश परिमार्जन,अब १७.९३% मा लाभांश वितरण गर्नुपर्ने 


बैंकिङ्ग समाचार,काठमाडौं ।

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको लाभांश परिमार्जन भएको छ । केन्द्रीय बैंकको निर्देशन बमोजिम अब नेष्डोले बोनस सेयर र नगद गरी कुल १७.९३%मा लाभांश वितरण गर्नुपर्ने भएको छ । नेष्डोले यसअघि ५०५ बोनस सेयर र करसहित २३.६८%नगद गरी कुल ७३.६८% लाभांश वितरण गर्ने घोषणा गरेको थियो । तर राष्ट्र बैंकले वैशाख ४ गते पत्र पठाउँदै बोनस सेयर र नगद गरी कुल १७.९३%मात्र लाभांश वितरण गर्न स्वीकृति दिएको हो । यद्दपि, राष्ट्र बैंकको निर्णयलाई तत्काल कार्यान्वन नगर्ने कम्पनीले जानकारी गराएको छ ।
 
कम्पनीले नेपाल राष्ट्र बैंकको उक्त निर्णय मिति २०७९ फागसन १० गते जारी संशोधित निर्देशनको व्यवस्थासँग स्पष्ट बाझिएको, इजाजत प्राप्त एउटै प्रकृतिका संस्थाबीच, एउटै आर्थिक वर्षको लाभांश स्वीकृति दिँदा समानता नभएको र नेपाल राष्ट्र बैंकवाट स्वीकृत लाभांशको जानकारीले सेयरधनीले पाउने प्रतिफलको अधिकार समेत हनन् हुन पुगेको बताएको छ ।

साथै, संस्थागत वित्तीय अवस्थामा समेत प्रभाव पर्ने देखिएको, लाभांश वितरण सम्बन्धमा वैंक तथा वित्तीय संस्था सम्वन्धि ऐनमा भएको व्यवस्थाको समेत प्रतिकूल भएको र लाभांश प्रस्ताव तथा संशोधन संस्थाबाट नै निर्णय भई नेपाल राष्ट्र बैंकबाट स्वीकृत दिनुपर्ने कानुनी मनसायलाई समेत नजरअन्दाज गरिएको देखिएको नेष्डोको भनाई छ ।

तसर्थ, नेपाल राष्ट्र बैंकको उक्त निर्णय एवं जानकारीलाई तुरुन्त कार्यान्वयन प्रक्रिया अगाडी बढाउन नसकिने नेष्डो समृद्धले जानकारी गराएको छ । संस्थाको लाभांश प्रस्ताव, राष्ट्र बैंकको विद्यमान निर्णय तथा स्वीकृती, प्रचलित ऐन, कानून, निर्देशन र केन्द्रिय बैंकका विगतका व्याख्या र संस्थागत अभ्यास समेतको तथ्यपूर्ण कानूनी व्याख्या गरी निर्णयमा पुग्नेपर्ने निर्णय नेष्डोको सोमबार बसेको सञ्चालक समिति बैठककले गरेको छ ।