फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स र बैंकिङ्ग फाइनास एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालबीच सम्झौता 

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स र बैंकिङ्ग फाइनास एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालबीच सम्झौता 


बैंकिङ्ग समाचार, काठमाडौं ।

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड र बैंकिङ्ग फाइनास एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालबीच सम्झौता भएको छ । बीमा क्षेत्रको क्षमता विकासका लागि तालिम, सेमिनार, सम्मेलन, अनुसन्धान तथा परामर्शका क्षेत्रमा दीर्घकालीन रणनीतिक बिकास गर्नका लागि १३ अप्रिल २०२३ मा सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सो सम्झौतापत्रमा फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडको तर्फबाट कम्पनी सचिव अल्पना शर्मा र रिर्सच एनालिष्ट सौरभ बराल तथा बैंकिङ्ग फाइनास एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालको तर्फबाट प्रबन्धक निसु भगत र प्रशासन तथा वित्त अधिकृत मतिराम पौडेलबीच भएको कम्पनीले जनाएको हो ।  

यस अन्तर्गत, बीमा व्यवसाय संग सम्वन्धित आवश्यक क्षमता विकासको विभिन्न कार्यहरु गर्नको लागि दुवै संस्थाहरु मिलेर काम गर्न सहमत भएका छन् । दुवै संस्थाहरुले संयुक्त सभा सम्मेलन, सेमिनार तथा प्रशिक्षण कार्यक्रमहरु निरन्तर रुपमा आयोजना गर्ने साथै, यस सम्झौता पश्चातः संयुक्त अध्ययन र अनुसन्धान र परामर्श सेवाहरु संचालन गर्न सहयोग गर्नेछन र विभिन्न प्रदर्शनी, व्यापार मेला, गोष्ठी, सम्मेलन, वा बीमा सम्बन्धी कार्यक्रमहरु संयुक्त रुपमा आयोजन गर्न दुवै संस्थाहरु सहमत भएका छन् ।  

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड  २०२२ मा पब्लिक लिमिटेडको रुपमा स्थापित  भई नेपालमा पुनर्बीमा दलाली सम्बन्धी सेवा तथा प्ररामर्श प्रदान गर्न नेपाल बीमा प्राधिकरणबाट इजाजत पत्र लिई कार्य प्रारम्भ गरिसकेको छ भने अर्कोतर्फ, बैंकिङ्ग फाइनास एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल बैंकिङ्ग, बीमा तथा पुँजी बजार क्षेत्रमा कर्मचारीहरुको ज्ञान, शीप तथा क्षमता अभिवृद्धि गर्न तालिम, कार्यशाला र सेमिनारहरु प्रदान गर्न २०१८ मा पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित भई  वित्तिय क्षेत्रलाई बलियो बनाउन अनुसन्धान र परामर्श पनि संचालन गरी नेपालमा वित्तिय प्रणालीलाई बलियो बनाउन मदत गरिरहेको छ ।