अन्तिम महिना असारमा मात्रै सरकारले गर्यो २ खर्ब बढी खर्च


काठमाडौं – सरकारले आर्थिक वर्ष २०८१/८२ को अन्तिम महिना असारमा मात्रै २ खर्ब बढी खर्च गरेको छ । सरकारले असारमा मात्रै २ खर्ब ४० अर्ब ४६ करोड ८० लाख खर्च गरेको हो ।

महालेखा नियन्त्रक कार्यालयकाअनुसार सरकारले आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म १२ खर्ब ८३ अर्ब १६ करोड ६ लाख खर्च गरेकोमा असार ३२ गतेसम्म १५ खर्ब २३ अर्ब ६२ करोड ८६ लाख खर्च गरेको छ । यस तथ्यांकलाई हेर्दा सरकारले असार महिनामा मात्रै २ खर्ब ४० अर्ब बढी खर्च गरेको देखिएको हो ।

यस्तै, सरकारले असार मसान्तसम्म २ खर्ब २२ अर्ब ६९ करोड २८ लाख खर्च गरेको छ । यता सरकारले पुँजीगत खर्चका लागी ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख छुट्टाएको थियो ।