काेशी प्रदेश

गोपाल श्रेष्ठ बने सुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष


विराटनगर – सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा गोपाल श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले एक हजार ६०५ प्राप्त गर्दै निर्वाचित भएका हुन् । अध्यक्ष पदका प्रत्यासी शिवराज श्रेष्ठले ६४७ मत प्राप्त गरे।

संघको निर्वाचनबाट सदस्य (उद्योग) तर्फ कृष्ण प्रसाद पाठकले ४८१, प्रभाव खतिवडाले ५०३, विष्णु बरालले ५५०, महेन्द्र प्रधानले ५४६ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । महिला (वाणिज्य) सदस्यतर्फ वर्षा अग्रवाल श्रेष्ठले ८८० मत प्राप्त गर्दै निर्वाचित भइन् । सदस्य (एसोसिएट) तर्फ राजु साहले ८५, राजेश अग्रवालले ८० र गोपाल ललित अग्रवालले ११७ मत प्राप्त गर्दै विजयी बनेका हुन् ।

उद्योग (महिला) सदस्य तर्फ मिना राई र वस्तुगत तर्फ नवीन कुमार तामाङ र नारायण लिम्बू निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । सोमबार धरानस्थित संघको कार्यालयमा भएको निर्वाचनमा दुई हजार ३४० मत खसेको थियो । मतगणनापछि मंगलबार अपरान्ह मतपरिणाम घोषणा गरिएको हो ।