राष्ट्र बैंकले २२ अर्ब बढीको ट्रेजरी बिल जारी गर्दै 

राष्ट्र बैंकले २२ अर्ब बढीको ट्रेजरी बिल जारी गर्दै 


बैंकिङ समाचार,काठमाडौं । 

नेपाल राष्ट्र बैंकले २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ 

केन्द्रीय बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिका लागि ट्रेजरी बिल जारी गरेको हो । ट्रृेजरी मंगलबार जारी हुने ट्रेजरी बिलको आज ३ बजे बोलकबोल हुनेछ । २८ दिनका लागि ३ अर्बको ट्रेजरी जारी हुनेछ । यो २०८० वैशाख २८ गते परिपक्व हुनेछ ।

९१ दिनका लागि ८ अर्ब रुपैयाँको ट्रेजरी जारी हुनेछ । यो असार २६ गते परिपक्व हुनेछ । १८२ दिनका लागि ६ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी जारी हुनेछ । यो असोज २३ परिपक्व हुनेछ । ३६४ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी हुनेछ । यो २०८० चैत २७ गते परिपक्व हुनेछ ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन ट्रेजरी बिल बिक्री गरिन्छ । ट्रेजरी बिल धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिने छ ।