बैंकिङ्ग समाचार, काठमाडौं ।
बेस्ट फाइनान्स कम्पनीको डेढ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरुका नाममा रहेको १ लाख ५५ हजार ५९३ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।
इच्छुक सेयरधनीले ३५ दिनभित्र काठमाण्डौको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य सर्वसाधारण तथा संस्थाहरुका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।



About Us
प्रतिक्रिया