नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत कुनको कति ? 

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत कुनको कति ? 


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिजो बिहिबार २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । हिजो श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड र ङादी ग्रुप पावर लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। 

हिजो श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको २.४० प्रतिशत बोनसबापतको २ लाख ३० हजार ८२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । त्यस्तै ङादी ग्रुप पावर लिमिटेडको ४.७५ प्रतिशत बोनसबापतको ८ लाख ३९ हजार ४ सय ८२.२२५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।