गैह्रकर राजस्व संकलनमा प्रहरीको उल्लेखनीय योगदान, जेठमात्र ३६ करोडले बढ्यो

वैशाखको तुलनामा जेठमा अवैध कारोबार नियन्त्रणमा प्रहरी सक्रिय


काठमाडौं – नेपाल सरकारको ढुकुटीमा जम्मा हुने राजस्वहरूको प्रमुख स्रोतहरूमध्ये नेपाल प्रहरीले संकलन गर्ने गैह्रकर राजस्वले पनि मुख्य हिस्सा ओगट्दै आएको छ । जसमा दण्ड जरिवानाबाट उठ्ने गैह्र राजस्वहरूमा प्रहरीबाट उठ्ने गैह्रकर राजस्व पहिलो स्थानमा आउने गरेको छ ।

विभिन्न दण्ड जरिवानाबाट वैशाख महिनामा ४० करोड ३८ लाख रुपैयाँ गैह्रकर राजस्व उठाएको नेपाल प्रहरीले जेठ महिनामा ७६ करोड ३० लाख रुपैयाँ राजस्व उठाएको छ । स्थानीय प्रहरी, जिल्लास्तरीय प्रहरी, प्रदेशस्तरीय प्रहरी, उपत्यका प्रहरी बल, ट्राफिक प्रहरी जस्ता प्रहरीका निकायहरूले आपराधिक कार्यमा संलग्न हुनेहरूलाई दण्ड सजाय दिएर गैह्र राजस्व संकलन गर्ने गरेको छ । जुन रकम सकारको केन्द्रीय कोषमा जम्मा हुने गर्दछ । 

राज्यले विभिन्न स्रोतहरूबाट प्राप्त गर्ने आय नै राजस्व हो । गैह्र राजस्व विभिन्न दण्ड जरिवानाहरूको माध्यमबाट प्रहरी र अन्य विभिन्न विभागहरूले उठाउने गर्छ । नेपाल सरकारलाई सबैभन्दा बढी गैह्रकर प्रहरीका विभिन्न निकायहरूबाट उठ्ने गर्दछ । सार्वजनिक सेवाको सञ्चालन, विकास परियोजना, प्रशासनीय खर्च, सामाजिक सुधारका कार्यक्रमहरू, आपत्कालीन राहत तथा पुनर्निर्माण जस्ता क्षेत्रहरूमा गैह्रकर राजस्वको उपयोग गर्ने गरेको प्रहरीले जनाएको छ । 

राज्यले विभिन्न स्रोतहरूबाट प्राप्त गर्ने आय नै राजस्व हो । गैह्र राजस्व विभिन्न दण्ड जरिवानाहरूको माध्यमबाट प्रहरी र अन्य विभिन्न विभागहरूले उठाउने गर्छ । नेपाल सरकारलाई सबैभन्दा बढी गैह्रकर प्रहरीका विभिन्न निकायहरूबाट उठ्ने गर्दछ । सार्वजनिक सेवाको सञ्चालन, विकास परियोजना, प्रशासनीय खर्च, सामाजिक सुधारका कार्यक्रमहरू, आपत्कालीन राहत तथा पुनर्निर्माण जस्ता क्षेत्रहरूमा गैह्रकर राजस्वको उपयोग गर्ने गरेको प्रहरीले जनाएको छ । 

नेपाल प्रहरीले वैशाख महिनाको तुलनामा जेठ महिनामा ३६ करोडभन्दा बढी रकम उठाएको छ । प्रहरीले ट्राफिक कारबाहीबाट वैशाखमा ९ करोड ६२ लाख १२ हजार रुपैयाँ उठाएको थियो ,जुन प्रहरीले उठाउने गैह्रकर राजस्वको जम्मा राजस्वको २३.८३ प्रतिशत रहेको छ । त्यस्तै, जेठ महिनामा ९ करोड ४१ लाख रुपैयाँ राजस्व उठाएको छ । प्रहरीले अवैध सुन चाँदी बरामदबाट वैशाखमा २ करोड ३९ लाख रुपैयाँ उठाएको थियो, भने जेठमा १६ करोड ५४ लाख रुपैयाँ राजस्व उठाएको छ। 

त्यस्तै, अवैध माल समान बरामदबाट प्रहरीले वैशाखमा ११ करोड ७२ लाख रुपैयाँ उठाएको छ, भने २४ करोड ८५ लाख रुपैयाँ राजस्व उठाएको छ। जुन राजस्व जेठ महिनाभरी गैह्रकरबाट उठेको सबैभन्दा बढी राजस्व रहेको खुल्न आएको छ । प्रहरीले श्रोत नखुलेको रकमबाट १ करोड ६० लाख रुपैयाँ राजस्व उठाएको थियो, भने जेठ महिनामा १ करोड १३ लाख रुपैयाँ उठाएको छ । 

त्यस्तै, प्रहरीले अवैध नदी जन्य उत्खननबाट २३ लाख रुपैयाँ राजस्व उठाएको थियो । साथै, जेठ महिनामा उक्त अवैध कार्यबाट ५० लाख भन्दा बढी रकम उठाएको प्रहरीले बताएको छ। प्रहरीको अनुसार, अवैध काठ बरामदबाट वैशाखमा १८ लाख रुपैयाँ उठाएको थियो । यस्तै, जेठमा २७ लाख रुपैयाँ उठाएको छ । त्यस्तै, अवैध पशुपन्छीबाट प्रहरीले ४१ लाख रुपैयाँ बरामद गरेको थियो । त्यो रकम जेठ महिनामा बढेर ८० लाख रुपैयाँ पुगेको प्रहरीले जनाएको छ । 

वैशाखमा प्रहरीले अवैध मुद्रा बरामदबाट ८३ लाख रुपैयाँ बरामद गरेको थियो, भने जेठमा ८८ लाख रुपैयाँ उठाएको थियो । प्रहरीले हुण्डी कारोबारबाट वैशाखमा १ करोड ६२ लाख रुपैयाँ राजस्व उठाएको थियो । जेठमा भने हुण्डी कारोबारबाट उठ्ने गरेको राजस्वमा कमी आएको छ । यस महिनामा प्रहरीले १ करोड २५ लाख रुपैयाँ उठाएको छ  ।