सरकारले एक अर्बको स्टार्टअप कोष स्थापना गरी युवाहरुलाई प्रोत्साहन गरेको छ : परिसंघ अध्यक्ष अग्रवाल


काठमाडौं – नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले सरकारले अगाडि सारेका योजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि रचनात्मक भूमिका समेत खेल्दै आएको बताएका छन् । नेपाल उद्योग परिसंघको २२ औं वार्षिक साधारण सभाको समुुद्घाटन समारोहमा बोल्दै यस्तो बताएका हुन् ।

उनले नेपाल सरकारले एक अर्ब रुपैयाँको स्टार्टअप कोष स्थापना गरी नविन सोच भएका युवाहरुलाई प्रोत्साहन गरेको उल्लेख गरे । त्यसैगरी, परिसंघबाट पनि नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चमार्फत युवा उद्यमीहरुलाई प्रबद्र्धन एवं प्रोत्साहन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्दै लगानी जुटाउने उद्देश्यले हरेक वर्ष स्टार्टअप फेस्ट गर्दै आएका उल्लेख गरेका हुन् ।