काठमाडौं – प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चारवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै ती निर्माण कम्पनीलाई कार्यालयले कालो सूचीमा राखिएको जानकारी दिएको हो।
विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार कार्यालयले ती कम्पनीहरूलाई कालो सूचीमा राखेकाे हाे। जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन-२०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।
कार्यलयले ग्रीन लिफ प्रा.लि. काठमाडौं म.न.पा.-२८, काठमाडौं (मुख्य व्यक्तिः लुना खरेल) १ (एक) वर्ष शिवम कन्स्ट्रक्सन, १ (एक) वर्ष, डि.जी. इगल कन्स्ट्रक्सन एण्ड बिल्डर्स प्रा.लि. १ (एक) वर्ष ४ टोखा न.पा.-०७, काठमाडौं, थोमस कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.. कोशी गाउँपालिका-७, सुनसरी । (मुख्य व्यक्तिः श्री मुन्नी कुमारी मेहता) १ (एक) वर्षसम्मकाे लागि कालाे सूचीमा राखेकाे हेा । एक वर्षको लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनैपनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।







About Us
प्रतिक्रिया