‘निजी क्षेत्रलाई लगानीको लागि प्रोत्साहन गर्ने मौद्रिक नीति आउनुपर्छ’ 


काठमाडौं –  नेपाल उघोग परिसघंका अध्यक्ष राजेश कुमार अग्रवालले आन्तरिक गतिविधि लामो समय देखि विमुख भएको कारण  हाम्रो राष्ट्रिय आकाङ्क्षाहरू भेट्न नसकेको बताएका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गर्न राय र सुझाव लिन आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनी भन्छन्,‘यो पृष्ठभूमिमा नेपाल सरकारले ल्याएको २०८२–८३ को बजेटमा समेत समन्वय भूमिका खेल्दै राष्ट्र बैंकले पुनरुत्थानको लागि आगामी मौद्रिक नीति मार्फत विशेष पहल गर्न आवश्यक छ ।’ 

उनले आगामी मौद्रिक निति तत्कालका न्यून बजारको मागलाई उकासेर आर्थिक गतिविधि बढाउने किसिमको  हुनुपर्ने जीकिर गरे ।  अग्रवाल भन्छन्,‘मौद्रिक नीतिको अभ्यासलाई सुधार गर्ने किसिमको हुनुपर्छ। नीजि क्षेत्रलाई लगानीको लागि प्रोत्साहन गरी बजारको आत्मविश्वास उकासने,यसबाट रोजगारी सिर्जना गर्ने किसिमको मौद्रिक नीति ल्याउन आवश्यक छ ।’ उनले भने । 

नेपाल उघोग परिसघले मौद्रिक नीतिको लागि सुझाव पेस गर्ने हेतुले बनाएको सुझाव पत्र चार वर्गमा वर्गीकरण गरेर १४ बुँदामा पेस गरिएको पनि उनले जानकारी दिए ।